close

सिगास-५ ढुंगाडका १०५ परिवार जोखिममा

सिगास-५ ढुंगाडका १०५ परिवार जोखिममा

Trulli
ADVERTISEMENT

बैतडी । वर्षात‍्को सुरुवातसँगै  सिगास गाउँपालिका—५ ढुंगाडको १०५ घरका करिब ६०० जना जोखिममा छन् । उनीहरुमा सेती नदीले कतिबेला बगाउँला भन्ने त्रास छ । 

सधैं दुःख दिने सेती नदीको त्रासमा रातदिन बित्ने गरेको स्थानीवासी बताउँछन् । खेतीयोग्य ७०० रोपनीजति  जमिन भए पनि खेती त परको कुरा, ज्यानसमेत बचाउन हम्मेहम्मे पर्छ स्थानीयलाई। कुन बेला सेती उर्लेर आउने हो, स्थानीय निदाउनसमेत पाउँदैनन् ।

गत वर्ष असोज ३१ देखि लगातार ४ दिन परेको अविरल वर्षाले ढुंगाड गाउँलाई सेती नदीले टापुमा परिणत गरिदिएको छ । यो वर्ष पनि अलि ठूलो वर्षा हुनासाथ नदी दुवैतिर बगेर फेरि गाउँलाई टापु बनाउने चिन्तामा ढुंगाडका बासिन्दा छन् । धार परिवर्तन गरिसकेको नदीलाई बाढी आएमा अब बस्तीमा पस्न समस्या नभएकाले नदीको बहाव बढेका बखत जुनसुकै बेला पनि गाउँमा बाढी पस्न सक्ने स्थानीय बताउँछन्। 

करिब १० महिना भइसक्दा पनि आफूहरूलाई वर्षायाममा जोगाउन सरकारले केही व्यवस्था नगरेको स्थानीयको गनासो छ । ढुंगाडमा २०२७ सालबाट गत वर्षसम्म ७ पटक बाढीले क्षति पुर्‍याइसकेको वडाध्यक्ष राजेन्द्र चन्दले बताए। गत वर्षको बाढीले बढी क्षति पुर्‍याएको उनले बताए । 

वडाध्यक्ष चन्दका अनुसार दिगो तरिकाको पहलकदमी कसैले लिइदिएको छैनन्। यसपालि संघ र प्रदेश सरकारले यहाँका लागि बजेट नहाल्दा स्थानीयमा अझै निराशा थपिएको उनको भनाइ छ । गत वर्षको बाढीले ढुंगाडवासीको कमाइखाने खेत पनि बगर बनेका छन् भने खाद्यान अभाव पनि भइरहेको स्थानीय बताउँछन्।