close

मालिका–४ का ३७६ घर परिवार अन्धकारमा बस्न बाध्य

मालिका–४ का ३७६ घर परिवार अन्धकारमा बस्न बाध्य

Trulli
ADVERTISEMENT

काठमाडौं । पश्चिम म्याग्दीका मालिका गाउँपालिका–४ च्युरीबोट स्थित ३० किलोवाट क्षमताको विद्युत‍्गृहमा चट्याङले ठूलो क्षति पुर्‍याएको छ । सोमबार राति परेको चट्याङले च्युरीबोटस्थित दाजुङखोला लघुजलविद्युत‍्गृहमा क्षति पुर्‍याएको लघुजलविद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्तीमगरले जानकारी दिए ।

चट्याङले चार लाख ५५ हजार बराबरको क्षति भएको छ । जेनेरेटरमा क्षति भएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । तीस किलोवाट क्षमताको सो लघुजलविद्युत् परियोजना बन्द हुँदा च्युरीबोट, ओखरबोट, महभिर छाप, खतेनलगायत गाउँका ३७६ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् ।

त्यस्चै, म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँ बाढी र पहिराको उच्च जोखिममा परेको छ । माथिबाट पहिरो खस्ने र नदीले तीव्र कटान गर्न थालेपछि गाउँ नै जोखिममा परेको हो ।

विसं २०५७ देखि म्याग्दी नदीले बगरफाँटमा कटान गर्दै आएको छ । बगरफाँटमा २१४ परिवारको बसोबास छ । बगरफाँटको १५० रोपनीभन्दा बढी खेतीयोग्य जमिन बाढीले बगाएको छ ।