close

शैल्यशिखर क्षेत्रको सरसफाइ सम्पन्न

शैल्यशिखर क्षेत्रको सरसफाइ सम्पन्न

Trulli
ADVERTISEMENT

दार्चुला । शैल्यशिखर पुजन धाम जाने बाटोको सरसफाइ गरिएको छ । 

मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीलगायत गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि र स्थानीयको सक्रियतामा शिखर धाम जाने बाटोको सरसफाइ गाउँपालिका अध्यक्ष धामीले बताए । 

मालिकार्जुन गाउँपालिका-३ र शैल्यशिखर नगरपालिका-६ को सीमा क्षेत्रमा रहेको शिखर जाने बाटोको सरसफाइ गरिएको हो । हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन र कार्तिक शुक्ल त्रयोदशीका दिन शिखर पूजन जात्रा लाग्ने गर्दछ । यस वर्षकझ जात्रा यही असार २८ गते परेको छ  । 

शिखर जात्राका लागि दार्चुला, बैतडी, डडेल्धुरा लगायतका सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतको उत्तराखण्डबाट समेत श्रद्धालु भक्तजन मालिकार्जुन आउने गरेका छन् । शिखर जात्राका लागि टाढाबाट आउने भक्तजन साँझ नै मालिकार्जुन मन्दिर पुग्ने गरेका छन् । हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा व्रतबन्ध गरेका पुरुष १५ दिन अगाडिदेखि नै शुद्ध भएर पवित्र मनले शिखर जात्राको यात्रा गर्ने गर्छन् ।

शिवलिङ्गका रूपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात शिव–पार्वतीको मुख्य बासस्थान रहेको जनविश्वास रहेकाले विभिन्न स्थानबाट दर्शन गर्न आउने भक्तजनको भीड लाग्ने गरेको छ । बिहानै शिखर धाम जाँदा विभिन्न बाजागाजा बजाउने, फाग झोडो, लोक भजन गाउँदै मडको भण्डार घरबाट भक्तजन जाने गर्छन् । मन्दिरको दर्शन गरेपछि उनीहरु पुनःमालिकार्जुन मन्दिरमा फर्किएर पूजन कार्य गरेर जात्रा समापन गरिन्छ ।