close

छाडा चौपायाका लागि जग्गा व्यवस्था गरिदिन बुटवलको अनुरोध

छाडा चौपायाका लागि जग्गा व्यवस्था गरिदिन बुटवलको अनुरोध

Trulli
ADVERTISEMENT

रुपन्देही । बुटवल उपमहानगरपालिकाले छाडा चौपायाका लागि जग्गाको व्यवस्था गर्ने भएको छ । उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले सोमबार लुम्विनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीसँग नवलपरासीको बर्दघाटदेखि कपिलबस्तु चनौटा सम्म जहां भएपनि छाडा चौपाया व्यवस्थापन गर्नको लागि जग्गा उपलब्ध गराइदिन अनुरोध गरेका छन् । 

'यस क्षेत्रमा छाडा चौपायाले गर्दा झण्डै ३० प्रतिशत दुर्घटना भएको र गौमाताको पनि संरक्षण हुने हुँदा मन्त्रालयको यस विषयमा चासो दिने छ भन्ने विश्वास राखेको छु' मेयर पाण्डेयले बताए ।

अहिले मुख्य सहरमा छाडा चौपायाले ट्राफिक व्यवस्थापनमासमेत ठूलो असर पारेकोले नियन्त्रण र बहुमुखी योजना सहितको गौसाला निमार्ण गर्नुपर्ने मुख्यमन्त्रीको भनाइ छ । साथै, कामधेनु गौसाला भलुहीका योगी सोमराजले गौमाता व्यवस्थापन गर्न आफू तयार रहेको बताए ।