close

रङ्गेली नगरपालिकामा एक मृत पुरुष फेला

रङ्गेली नगरपालिकामा एक मृत पुरुष फेला

Trulli
ADVERTISEMENT

काठमाडौं । मोरङको रङ्गेली नगरपालिका–९ मा एक पुरुष मृत फेला परेका छन् । 

मोरङ प्रहरीका डिएसपी राजन कार्कीका अनुसार ४० वर्षीय हावा मरन्डी मृत फेला अवस्थामा फेला परेका हुन् । आफ्नै घरदेखि करिब पाँच सय मिटर पर सडकको छेउमा घोप्टो परेको अवस्थामा शव भेटिएको, तर मरन्डी मृत्युको कारण खुल्न नसकेको प्रहरीको भनाइ छ । 

शवलाई पोस्टमार्टमका लागि रङ्गेली अस्पतालमा राखिएको छ । इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक शैलेश न्यौपाने नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ ।