close

आमाबुबासँगै बैंक आएका युवकले गार्डको बन्दुक खोसेपछि..

आमाबुबासँगै बैंक आएका युवकले गार्डको बन्दुक खोसेपछि..

Trulli
ADVERTISEMENT

बाजुरा । बुधबार वाणिज्य बैंकका गार्डको बन्दुक खोस्ने प्रयास भएको छ। राष्ट्रिय वाणिज्य बैंकको कोल्टी शखामा कार्यरत गार्डको बन्दुक खोस्ने प्रयास गरिएको हो। 

बुधबार बैंकको कोल्टी शाखामा सेवाग्राहीको भिड थियो। त्यही भिडबाट आएका एक जनाले  बन्दुक खोस्ने असफल प्रयास गरेको प्रहरीले जनाएको छ । 

त्यहाँ रहेका अन्य सेवाग्राहीहरूले बन्दुक खोस्ने मान्छेलाई नियन्त्रणमा लिएका थिए । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रविन्द्र कठायतका अनुसार मानसिक सन्तुलन गुमाएका एक ३५/३६ वर्षीय युवकले खोस्ने प्रयास गरे पनि सेवाग्राहीले नियन्त्रणमा लिएपछि प्रहरीलाई बुझाएका छन् ।