close

काठमाडौं महानगरले अब हप्तामा २ दिन कुहिने र  २ दिन नकुहिने फोहोर उठाउने

काठमाडौं महानगरले अब हप्तामा २ दिन कुहिने र  २ दिन नकुहिने फोहोर उठाउने

Trulli
ADVERTISEMENT

काठमाडौँ । साउन १ गतेदेखि काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै दिनमा संकलन गर्ने भएको छ । वातावरण तथा कृषि विभागले फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै कुहिने फोहोर आइतबार र बुधबार तथा नकुहिने फोहोर सोमबार र शुक्रबार संकलन हुने जनाएको छ । 

सूचनामार्फत महानगरले सम्भव भएसम्म जैविक फोहोरबाट गड्यौले वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न अनुरोध गरेको छ । यस्तै नकुहिने तर पुनः प्रयोगमा आउन सक्ने फोहोरलाई पुनः प्रयोग गर्न गर्न पुन चक्रीय फोहोर कवाडी संकलकलाई बेचेर आय आर्जन गर्न भनिएको छ । यस्तै प्लाष्टिकका झोलाको सट्टा कागज वा कपडाका झोलाको प्रयोगमा जोड दिन आग्रह गरिएको छ । 

फोहोरलाई स्रोतमा नछुट्याउने उत्पादकलाई प्रत्येक पटक ५०० रुपैयाँ जरिवाना गरिनेछ । २०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौं महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम जरिवाना तिराइने विभागको भनाइ छ । 

ऐनमा फोहोरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ । यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहोरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्नेछ ।