close

बुढिगंगा नदीले एक घर बगायो ३ घर उच्च जोखिममा

बुढिगंगा नदीले एक घर बगायो ३ घर उच्च जोखिममा

Trulli
ADVERTISEMENT

बाजुरा । जिल्लाको बडिमालिका नगरपालिका-२ भौनेरामा बुढिगंगा नदी कटान भएपछि १ घर नदीले बगाएको छ । 

मंगलबार राति अविरल वर्षासँगै बुढिगंगा नदीको बहाव बढेसँगै १ घर नदीले बगाएसँगै बाँकी तीन घर नदीकाे उच्च जोखिममा रहेको सोही वडाका अध्यक्ष डम्मर महतले जानकारी दिए ।

उनका अनुसार बाँकी तीन घरमा पनि नदीले तलबाट कटान गरिरहेको छ । नदीले कटान गर्दै उच्च जोखिममा रहेका तीन घरको सामानलाई सुरक्षित स्थानमा सारिरहेको वडाध्यक्ष महतले बताए । अहिले नेपाल प्रहरी , ससत्र पहरी , नेपाली सेना लगाएत स्थानीयहरूले सामान उद्धार गरिरहेका उनले बताए ।

तलतिर रहेका सबै खेतहरूसमेत बगाएको छ । वडाध्यक्ष महतका अनुसार अम्मराज पण्डितको घर पूर्ण रुपमा बगाएर लगेको छ भने चन्दराज पण्डित, लक्षि पण्डित र तर्कराज पण्डितको घर बगाउन लागेको जानकारी दिए । 

उद्धारका लागि प्रहरीको टोली घटना स्थलतर्फ पुगिसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सूर्य थापाले बताए । उनका अनुसार यसबारे थप विवरण आउन बाँकी छ ।