close

सायल गाउँपालिकाका ५८४ घरधुरी पहिरोको जोखिममा

सायल गाउँपालिकाका ५८४ घरधुरी पहिरोको जोखिममा

Trulli
ADVERTISEMENT

डोटी । अविरल वर्षाले सायल गाउँपालिकाका अधिकांश बस्तीहरू बाढीपहिरोको उच्च जोखिम छन् । 

गाउँपालिकाको वडा नम्बर १, २, ४, ५ र ६ का बस्तीहरु बाढीपहिरोको उच्च जोखिममा रहेको स्थानीयवासी तेजबहादुर डुम्रेले बताए । डुम्रेकाआनुसनर गाउँपालिकाका ५८४ घरधुरी पहिरोको जोखिममा छन । 

गत वर्ष असोज, कातिक महिनामा परेको अविरल वर्षाले गाउँमाथिबाट पहिरो आएको र ती बस्ती हालसम्म स्थानान्तरण नगरिँदा अहिले जोखिममा परेको स्थानीयवासी बताउँछन । स्थानीय सरकारको पहिलो पाँचवर्षे कार्यकालमा सडक क्रान्तिका नाममा वातावरणीय प्रभाव मुल्यांकन नगरी जथाभावी सडक निर्माण गर्दा त्यसको असरले पहिरो गएको स्थानीयको भनाइ छ । 

‘गत वर्षको बेमौसमी वर्षाले बाढीलेपहिरोसँगै थुप्रै बस्तीको आसपासमा दरार पनि परेको थियो । दरार परेको ठाउँको बस्ती स्थानान्तरण गरिसक्नुपर्ने थियो । तर, त्यसतर्फ स्थानीय सरकारले चाँसो नदेखाउँदा यो वर्षामा सयौं घरभुरी पहिरोको जोखिममा परेका छन’, डुम्रे भने  ।

विगतमा सडक निर्माण गरिएका क्षेत्रमा बसेको बस्ती पनि पहिरोको उच्च जोखिममा रहेको सायल गाउँपालिकाका उपाध्यक्ष निर्मला बोहरा ओलीले बताइन् । उनले गाउँ-गाउँमा सडक पुर्‍याउने नाममा जथाभावी सडक खनिँदा अहिले थुप्रै बस्ती पहिरोको उच्च जोखिममा परेको बताइन् ।

गाउँपालिकाका सूचना अधिकारी नविन भाटका अनुसार वडा नम्बर ४ मा रहेका भल्मा, कुनाकाट्टे, घङारे, बाबनसैन र डौडलगायत बस्तीका २५० घरधुरी जोखिममा परेका छन् । त्यस्तै, वडा नम्बर ५ का ढिपु र सुनिबाटा गरी ६० घरधुरी पनि जोखिममा छन । त्यस्तै, वडा नम्बर ६ को रौकल्लाका ७० घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् । भने वडा नम्बर १ र २ का कुसिनाऔल र छपालीका ५० भन्दा बढी घरधुरी, सिर्मा गाउँका १२० र घुर्केला गाउँका ३४ घरधुरी उच्च जोखिममा छन ।

यता गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले बाढिपहिरोको उच्च जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्नका लागि पहल भइरहेको बताए । 

अध्यक्ष जोशीले जिल्ला प्रशासन कार्यालय र रेडक्रस सोसाइटीबाट पनि त्रिपालको माग भइसकेको जानकारी दिए ।  जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार गत वर्षको असोज ३० गतेदेखि कात्तिक २ गतेसम्म आएको अविरल वर्षा र बाढीपहिरामा परी उक्त पालिकामा ६ जनाले ज्यान गुमाएका थिए । बाढी र पहिराका कारण २०० भन्दा बढी घरपरिवार विस्थापित भएका थिए । भने ४१ घर पूर्णरुपमा क्षति भएको थियो ।