close

सुरुङ मार्गका लागि बेथान चोकले विनियोजन गर्‍यो १० लाख

सुरुङ मार्गका लागि बेथान चोकले विनियोजन गर्‍यो १० लाख

Trulli
ADVERTISEMENT

काभ्रे । बेथान चोक गाउँपालिकाले चालु आर्थिक वर्षमा सुरुङ मार्गको सम्भाव्यता अध्ययनको थालनी गर्ने भएको छ । 

कम समयमा प्रदेश राजधानी हेटौंडा र गाउँपालिका केन्द्र जोड्दै काभ्रेको पनौती नगरपालिका पुग्ने गरी बेथान चोकले सुरुङ मार्ग निर्माणको लागि सम्भाव्यता अध्ययनको योजना ल्याएको हो ।

उक्त सुरुङ मार्गको सम्भाव्यता अध्ययनको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा कुल १० लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । 

सुरुङ मार्गको सुरुवात विन्दु वडा नम्बर–२ ढुंखर्क दुर्लुङ खोलालाई मानिएको छ भने अन्तिम विन्दु वडा नम्बर–१ को च्याम्राङवेसी फाईमाराङलाई मानिएको छ । 

गाउँपालिकाले कम समय र छोटो दुरी हुने भएको उक्त सडक अन्तर्गत सुरुङ मार्ग निर्माण कार्य उपयुक्त देखिएकोले ढुंखर्क–च्याम्राङवेशी सुरुङ मार्ग निर्माणको योजना अघि सारेर सम्भाव्यता अध्ययनको तयारी गरेको हो । 

गाउँपालिकाबाट ५ किलोमिटरको दुरीलाई सुरुङ मार्ग निर्माण गरी अनुमानित ८०० मिटरको कायम गर्ने गरी सुरुङ मार्गको सम्भाव्यता अध्ययनको योजना अघि सारेको उनले बताए ।