close

निकालियो, कुपिण्डे दहमा डुबेका युवकको शव

निकालियो, कुपिण्डे दहमा डुबेका युवकको शव

Trulli
ADVERTISEMENT

काठमाडौं ।  सल्यानको कुपिण्डे दहमा डुबेका युवकको शव निकालिएको छ ।

सुर्खेतबाट गोताखोरको टोली बोलाएर उनको शव निकालिएको हो । शवलाई जिल्ला अस्पतालमा पोष्टमार्टमा लागि लगिएको छ ।

टिकटक बनाउने क्रममा मंगलबार दिउँसो साढे १२ बजेतिर डुंगाबाट खसेका कपुरकोट गाउँपालिका–६ सिनवाङका ३६ वर्षका बेदबहादुर बस्नेत कुपिण्डे दहमा डुबेका थिए । शव बुधबार दिउँसो साढे १२ बजेतिर निकालिएको हो ।

शवको पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी सुमित खड्काले बताए ।