काठमाडौं । काठमाडौंको ठमेलमा रहेको कल सेन्टरमा प्रहरीले छापा मारेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार ज्याठास्थित कल सेन्टरबाट ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्ने सबै पुरुष भएको उनले जानकारी दिए । कल सेन्टरबाट प्रहरीले ४७२ थान मोवाइल र २६ थान ल्यापटप बरामद गरेको छ ।
सर्वसाधारणका लागि टेलिफोन बुथ र साइबर क्याफे संचालन गर्ने भनेर दर्ता गरिएको सो कम्पनीले विभिन्न एप्समार्फत भारतमा ऋण दिएर मिटरब्याज असुल्ने गरेको अनुसन्धानका क्रममा खुलेको बताइएको छ ।