close

३ वर्ष पहिले मुत्यु भएका ९ जनालाई भत्ता

३ वर्ष पहिले मुत्यु भएका ९ जनालाई भत्ता

Trulli
ADVERTISEMENT

धनगढी । कैलालीको जानकी गाउँपालिकामा मृत्यु भएका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । 

जानकी गाउँपालिका वडा नम्बर ९ को कार्यालय अन्तरगत ९ जना मुत्यु भएका व्यक्तिले सामाजिक सुरक्षा भत्ता बुझेको निवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरमा परेको हो ।

निवेदनपछि अख्तियारले सामाजिक सुरक्षा भत्ता वितरणका सबै कागजपत्र नियन्त्रणमा लिएको छ । अख्तियार कञ्चनपुरका अनुसार ९ जनाको नाम किटान भएको देखिए पनि संख्या वृद्धि हुने देखिएको छ । 

सामाजिक सुरक्षा भत्ताको रकम बैँकको कागजमा ल्याप्चे लगाएर निकासा गरिएको भेटिएको कार्यालयले जनाएको छ । वडा कार्यालयका सचिव र बैँकका कर्मचारीहरू पनि अनुसन्धानको घेरामा आएका अख्तियार कञ्चनपुरले बताएको छ ।

प्रारम्भिक अनुसन्धानबाट २०७६ सालमा मृत्यु भएकाहरुको सामाजिक सुरक्षा भत्ता भुक्तानी भएको छ । तर रकम लिने व्यक्तिको पहिचान भने भएको छैन । यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जनाएको छ ।