close

भारत लैजान लागिएको १८ लाखको मदिरा बरामद

भारत लैजान लागिएको १८ लाखको मदिरा बरामद

Trulli
फाइल फोटो
ADVERTISEMENT

महोत्तरी । महोत्तरीको मनरासिस्वा नगरपालिका–५ स्थित नेपाल–भारत सीमा नजिकबाट प्रहरीले भारत लैजान लागेको १८ लाख रुपैयाँको मदिरा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कटैया गाउँमा सीमापारि चोरी तस्करी गर्ने उद्देश्यले लुकाइछिपाइ भण्डार गरी राखिएको मदिरा गए राति  प्रहरीले बरामद गरेको हो ।

६ सय ६७ कार्टुनमा प्याक गरी राखिएको विभिन्न प्रकारको मदिरा प्रहरीचौकी कट्टीकटैया र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो । 

बरामद मदिरा प्रहरीले आन्तरिक राजस्व कार्यालयको जिम्मा लगाएको छ । उक्त मदिरा ओसारपसारमा संलग्न व्यक्तिको पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।