close

खोटाङमा शक्तिशाली भूकम्प, केही भौतिक पूर्वाधारमा क्षति

खोटाङमा शक्तिशाली भूकम्प, केही भौतिक पूर्वाधारमा क्षति

Trulli
ADVERTISEMENT

खोटाङ । साकेला गाउँपालिका- ५ मात्तिमबिर्ता केन्द्र भएर गएको ६ म्याग्नीच्युडको भूकम्पबाट केही घरमा क्षति पुगेको छ। आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्प गएको थियो।

भूकम्पले इपिसेन्टर आसपासका क्षेत्रसँगै छिमेकी जिल्लामा क्षति पुर्‍याएको छ । गाउँपालिका अध्यक्ष रबिप्रकाश राईका अनुसार ५ वटै वडामा क्षतिको विवरण संकलनका लागि जनशक्ति परिचालन गरिएको छ ।  उनका अनुसार कुनै मानवीय क्षति नगए पनि करोडौंको क्षति भएको खबर आइरहेको र यसको पूर्ण विवरण आउन बाँकी रहेको गाउँपालिका अध्यक्ष राईले पालिका खबरसँग बताए । 

यता भोजपुरको भोजपुर नगरपालिका-१२ टक्सारमा भूकम्पका कारण दुई घर भत्केको छ । स्थानीय प्रमोद हलवाईको घर भत्किएको प्रहरीले जनाएको छ । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प पछाडिको यो हालसम्मकै शक्तिशाली भूकम्प भएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ ।