close

जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

Trulli
ADVERTISEMENT

चितवन । जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया विक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार स्थानीय दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी विकलाई आज दिउँसो साढे १२ बजे हात्तीले आक्रमण गरेपछि उनको मृत्यु भएको थियो । 
घटनास्थलतर्फ निकुञ्जर र प्रहरीको टोली खटिएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।