close

पाटनको ४५ लाख लागतमा शीतभण्डार निर्माण

पाटनको ४५ लाख लागतमा शीतभण्डार निर्माण

Trulli
ADVERTISEMENT

बैतडी । पाटन नगरपालिका–८ खोड्पेमा शीतभण्डार सञ्चालनमा आएको छ । तरकारीको लागि पकेट क्षेत्रका रुपमा परिचित खोडपेमा करिब ४५ लाखको लागतमा शीतभण्डार निर्माण गरिएको नगरपालिकाले जनाएको छ । 

१० टन क्षमताको उक्त शीतभण्डार कृषि ज्ञान केन्द्र बैतडीको १५ लाख अनुदान र दोगडाकेदार भूमिराज कोल्डस्टोरको बाँकी लगानीमा सञ्चालनमा आएको कृषि ज्ञान केन्द्रका प्रमुख गणेशदत्त भट्टले जानकारी दिए । जिल्लामा पहिलोपटक शीतभण्डार सञ्चालनमा आएसँगै यहाँका किसानलाई कृषि उपज भण्डारण गर्न सहज भएको छ ।

किसानले उत्पादन गरेको कृषिउपजलाई भण्डारण गर्न सहज होस् भनेर शीतभण्डार निर्माण गरिएको शीतभण्डारका सञ्चालक ललितमोहन भट्ट बताउँछन् ।

“खोडपे क्षेत्र तरकारीका लागि पकेट क्षेत्र हो तर यहाँका किसानलाई तरकारी भण्डारण गर्न समस्या थियो, अब सजिलैसँग तरकारी भण्डारी गर्न सकिन्छ ।' उनले भने । 

शीतभण्डार सञ्चालनमा आएसँगै राहत हुने किसानले बताएका छन् । शीतभण्डार नहुँदा आलुको बीउ भण्डारण गर्न डडेल्धुरा जानुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय किसान केशब विष्टले बताए ।