close

आन्दोलनका कारण बर्दिवासको कामकाजमा समस्या

आन्दोलनका कारण बर्दिवासको कामकाजमा समस्या

Trulli
ADVERTISEMENT

महोत्तरी । बर्दिवास नगरपालिकाले करारका नगर शिक्षक हटाएपछि आन्दोलित शिक्षकहरूले नगरपालिका कार्यालय घेराउ गरेका छन् । 

करार नवीकरण गरी पुनर्बहालीको माग गर्दै आइतबारदेखि आन्दोलनरत शिक्षकहरूले पाँचौं दिन पनि नगरपालिका घेराउ गरेका हुन् । 

नगरपालिकाकी उपप्रमुख तारा देवीका अनुसार असन्तुष्ट शिक्षकहरूको कारण सेवाग्राहीको कामकाजमा समस्या भएको  छ । बाहिर आन्दोलनरत शिक्षकहरूले आन्दोलन गरे पनि कामकाज भने भइरहेको उनको भनाइ छ । 

यता नगरपालिकाले भने उनीहरुको मागलाई वेवास्ता गर्दै नयाँ शिक्षक भर्नाका लगि सूचना आह्वान गरिसकेको छ । बर्दिवास नगरपालिकाकी उपप्रमुखका अनुसार ७८ जना करारका शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेकोले नयाँ प्रक्रियाद्वारा आउन आन्दोलनरत शिक्षकहरुलाई आग्रह गरिसकिएको पालिका खबरसँग बताइन् । 

साउन २० गते नगरपालिकाको शिक्षा शाखाले एक सूचना जारी गर्दै करारका शिक्षकहरुलाई कामकाजमा नलगाउन परिपत्र गरेपछि शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् ।