close

वालिङ-९ का पूर्ववडाध्यक्ष मृत फेला

वालिङ-९ का पूर्ववडाध्यक्ष मृत फेला

Trulli
ADVERTISEMENT

स्याङ्जा । वालिङ नगरपालिका–९ का पूर्ववडाध्यक्ष बसन्त श्रेष्ठ मृत भेटिएका छन् । वालिङ–१३ गहाखोलास्थित गाहाखोलाबाट आँधीखोला जाने भित्री कच्ची सडकखण्डमा ५५ वर्षीय श्रेष्ठको शव भेटिएको प्रहरीले जनाएको छ । 

प्रहरीले ग १६ प ५४६१ नम्बरको बाटोमा छेउमा साइड लगाएर राखिएको र श्रेष्ठ कुनाको साइडमा उत्तानो अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । 

साथमा कीटनाशक विषादीको खोलिएको डिब्बा स्कुटरनजिक भेटिएकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।