close

महाकुलुङ-२ को सेवा काठमाडौंमा

महाकुलुङ-२ को सेवा काठमाडौंमा

Trulli
ADVERTISEMENT

सोलुखुम्बु । महाकुलुङ गाउँपालिका-२ को वडाध्यक्षमा पुन:निर्वाचित अध्यक्ष प्रदीप कुलुङले वडाको पञ्जीकरणसम्बन्धी सेवा काठमाडौंबाट दिइने बताएका छन् । 

काठमाडौंमा अस्थायी बस्दै आएका महाकुलुङ- २ का स्थानीयको मागलाई सम्वोधन गर्न सीमित समयका लागि वडाध्यक्ष कुलुङ र वडासचिव तेजप्रसाद आचार्य काठमाडौं आउन लागेका उनले बताए ।  

यही भदौं ८ गतेदेखि १३ गतेसम्म सेवा दिनका लागि वडाध्यक्ष र वडासचिव काठमाडौं आउन लागेको अध्यक्ष कुलुङले पालिका खबरलाई बताए । उनका अनुसार वडाको काम गाउँमा पनि अन्य वडासदस्यले गर्नेछन् ।

वडाबाट पाइने सेवाहरू करचुक्ता, सामाजिक सुरक्षा भत्ताको नवीकरण, नागरिकता तथा बसाइसराइको सिफारिस, साथै जन्म, मृत्यु र विवाह दर्तालगायत सेवा काठमाडौंबाटै दिन लागिएको कुलुङले बताए ।

उनका अनुसार कामको चाप अनुसार समयावधि थप गर्न सकिने र जसका लागि सेवाग्राहीको चाप तथा आवश्यकतामा भर पर्ने उनी बताउँछन् । सेवा कपनको दुर्गामन्दिर नजिक रहेको एक होटलबाट दिइनेछ ।