close

पहिरोले पुरेर स्काभेटरचालकको मृत्यु

पहिरोले पुरेर स्काभेटरचालकको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । डोल्पाको त्रिपरासुन्दरी नगरपालिका– ३ मा स्काभेटर पहिरोमा पुरिँदा चालकको मृत्यु भएको छ । 

आइतबार  बिहान करिब नौ बजेतिर बाटो खनिरहेको अवस्थामा माथिबाट पहिरो आएर स्काभेटर पुरिएको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले बताए । 

स्काभेटर पुरिँदा नेपालगञ्ज उपमहानगरपालिका १९ बाँके राझा मोहोनपुर निवासी करिब ३२ वर्षीय सुरज बसाल मगरको मृत्यु भएको उनले बताए । 

प्रवक्त श्रेष्ठका अनुसार दुर्घटनाको खबर पाएलगत्तै  डोल्पा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दीपक महत क्षेत्रीको टोली उक्त घटनास्थलमा पुगेको थियो ।