काठमाडौं । बाराको महागढीमाई नगरपालिकाले मिटर ब्याज पीडितलाई सत्य तथ्य विवरणसहित उजुरी दिन अनुरोध गरेको छ ।
नगरपालिकाले आइतबार सूचना जारी सो अनुरोध गरेको हो ।
भदौ ५ गतेसम्म जिल्ला प्रशासन कार्यालय, कलैया, बारामा उजुरी दिन सकिने जारी सूचनामा उल्लेख छ । शनिबार गृह मन्त्रालयले निकालेको सूचनाअनुसार यो सूचना नगरपालिकाले जारी गरेको हो ।