close

बन्चरेडाँडा क्षेत्रमा प्रहरी परिचालन

बन्चरेडाँडा क्षेत्रमा प्रहरी परिचालन

Trulli
ADVERTISEMENT

काठमाडौं । बञ्चरेडाँडा क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । काठमाडौं उपत्यकाको  फोहोर बोकेर गाडी  विनाअवरोध आवतजावतका लागि प्रही परिचान गरिएको हो । 

फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका गाडीलाई राजनीतिक दलका प्रतिनिधिसहितको स्थानीय वासिन्दाको टोलीले विहानदेखि नै अवरोध गरेका छन् ।

बन्चरेडाँडामा फोहोर फाल्न नदिनका लागि  सो स्थानमा सत्तासीन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सामूहिक रुपमा विज्ञप्ति निकालेर फोहोर फाल्न नदिने बताएका छन् । 

राजनीतिक दलहरुको अवरोधका कारण सोमबार बिहान काठमाडौंबाट गएका कुनै पनि गाडीले ल्याण्डफिल साइटमा फोहोर खसाल्न पाएका छैनन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक रमेश पाण्डेले फोहोरको गाडीमा भएको अवरोध हटाउन प्रहरी परिचान गरेको बताए ।