close

बञ्चरेडाँडामा फोहोर फाल्न नदिने भन्दै वक्तव्य जारी गर्ने ३ जनाविरुद्ध उजुरी

बञ्चरेडाँडामा फोहोर फाल्न नदिने भन्दै वक्तव्य जारी गर्ने ३ जनाविरुद्ध उजुरी

Trulli
ADVERTISEMENT

काठमाडौं । बञ्चरेडाँडामा फोहोर फाल्न नदिने भन्दै वक्तव्य जारी गर्ने  ३ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी परेको छ ।

धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालविरुद्ध ट्रक धनीले  नुवाकोट जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका  हुन्। 

यसअघि ट्रकमा उनीहरूले नै तोडफोड गरेको उनीहरूको आरोप छ । केही दिनअघि महानगरको फोहोर बोकेका १४ ट्रक र केही मेसिन तोडफोड भएको थियो । 

उनीहरूले द्वयतामङ र धिताललले आइतबार स‌युक्त संयुक्त व्यक्तव्य जारी गरी बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए ।

३ जनाविरुद्ध फोहोर बोकेको ट्रक तोडफोड गरेको/गर्न लगाएको भन्दै ट्रकधनीहरुले उजुरी दिएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।