close

बुटवलको एक  होटलमा एक महिला र एक पुरुष मृत फेला

बुटवलको एक  होटलमा एक महिला र एक पुरुष मृत फेला

Trulli
ADVERTISEMENT

काठमाडौं ।  बुटवलस्थित स्याङजा कारिकोटे होटलमा एक महिला र एक पुरुष मृत फेला परेका छन् ।

धादिङको कुम्पुर घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत फेला परेका हुन् ।

बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं. १३४ मा उनीहरु फेला परेका हुन्। 

प्रहरीका अनुसार आइतबार राति कोठामा बसेका उनीहरू मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए ।

महिलाको थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन ।