close

बन्चरेडाँडा क्षेत्रका स्थानीयद्वारा प्रहरीविरुद्ध माइकिङ

बन्चरेडाँडा क्षेत्रका स्थानीयद्वारा प्रहरीविरुद्ध माइकिङ

Trulli
ADVERTISEMENT

काठमाडौं । धुनीवेसी नगर -१  स्थानीयले बिहानैदेखि प्रहरीविरुद्ध माइकिङ गरेका छन् ।

काठमाडौंबाट फोहोर बोकेर गएका गाडी स्थानीयले रोक्दै प्रहरी र सवारी चालकलाई जबरजस्ती नगर्न माइकिङ गरेका हुन् ।

काठमाडौं महानगरले स्थानीयको मागप्रति गैर-जिम्मेवार भएको भन्दै ‘५० हजार मान्छे मार्न खोजेको’ आरोप लगाएका छन् । मंगलबार काठमाडौंबाट गएका कुनै पनि गाडीले फोहोर फाल्न सकेका छैनन् ।

अहिले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीवेशी नगरपालिकाको क्षेत्रमा सडकमा युवाहरु जम्मा भएका छन् भने डाँडा-डाँडामा महिला र वृद्धवृद्धा बसेका छन् ।

जेठ २६ गते स्थानीय, महानगर र सहरी विकास मन्त्रालयबीच एक सहमतिपछि  क्षेत्रमा फोहोर फाल्न दिने सहमति भएको थियो । तर, स्थानीयले सहमति कार्यान्वयनमा नल्याएको भन्दै बारम्बार अवरोध गर्दै आएका छन् । 

यद्यपि साउन ३१ गतेसम्म फोहोर फाल्न अवरोध नगर्ने बताए पनि पटक–पटक अवरोध गर्दै आएका छन् ।

यस्तै, फोहोर व्यवस्थापन समितिका संयोजक श्रीराम ढुंगानाले २५ वर्षदेखि निरन्तर रुपमा यस क्षेत्रमा फोहोर फालिएको बताउँदै यसअघि भएका सहमति कार्यान्वयन गर्न  महानगर र मन्त्रालयलाई आग्रह गरे ।