close

३ बुँदे सहमतिपछि पनि बन्चरेडाँडामा फोहोर विसर्जनमा अवरोध

३ बुँदे सहमतिपछि पनि बन्चरेडाँडामा फोहोर विसर्जनमा अवरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । उपत्यकाको फोहोर बञ्चरेडाँडामा फाल्न भइरहेको अवरोध हटाउन गएराति तीनबुँदे सहमति भए पनि स्थानीयले अवरोध हटाएका छैनन् । बन्चरेडाँडामा फोहोर विसर्जन गर्न गएका गाडीहरुलाई स्थानीयले बिहीबार बिहानैदेखि अवरोध गरेका हुन् । बुधबार काठमाडौं, नुवाकोट र धादिङका प्रजिअ र सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूबीच फोहोर विसर्जन सम्बन्धमा ४ बुँदे सहमति भएको थियो ।

स्थानीयले पक्राउ परेका एक जनालाई छुटाउन माग गर्दै फोहोर बोकेको गाडी अवरुद्ध गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मनान्धरले जानकारी दिए । पार्किङ गरेर राखिएका फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा प्रहरीले स्थानीयलाई पक्राउ गरेको थियो । आरोपी एक जना स्थानीयलाई निःशर्त रिहाइको माग गर्दै उनीहरु आन्दोलित भएको मानन्धरले जानकारी दिए ।

उपत्यकाको फोहोर बञ्चरेडाँडामा फाल्न भइरहेको अवरोध हटाउन गएराति तीनबुँदे सहमति भएको हो । सहमति अनुसार बञ्चरेडाँडामा फोहोर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, जथाभावी फोहोर खसाल्न नपाइने र विगतमा भएको सहमति कार्यान्वयन गर्दै जाने सहमति गएराति भएको हो। सहमतिपछि हरेक दिन कार्यन्वयन भए नभएको अनुगमन गरिने भएको छ। 

पाँच घण्टा लामो छलफलपछि भएको सहमतिसँगै फोहोर व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ। तर स्थानीयले आन्दोलन फिर्ता नलिएका हुन् ।