close

अझै भङ्गाहको नीति तथा कार्यक्रम र बजेट पारित हुन सकेन

अझै भङ्गाहको नीति तथा कार्यक्रम र बजेट पारित हुन सकेन

Trulli
ADVERTISEMENT

महोत्तरी । आर्थिक वर्ष सुरु भएको दुई महिना बितिसक्दा पनि भङ्गाह नगरपालिकाको नगरसभा हुन सकेको छैन ।

कार्यपालिकामा पार्टीको बहुमत नहुँदा सो नगरले अहिलेसम्म चालु आर्थिक वर्षको बजेट तथा नीति तथा कार्यक्रम समेत ल्याउन सकेका नसकेको हो ।  प्रत्येक वर्ष असार १० गतेभित्रै बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था रहीआएको छ । नगर प्रमुख लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सञ्जीवकुमार साह निर्वाचित भए पनि कार्यपालिकामा नेपाली कांग्रेसको बहुमत छ । 

वडा नं ४ का वडाध्यक्ष गणेश महतो नगरप्रमुख साहका कारण अहिलेसम्म नगरसभा तथा बजेट विनियोजन हुन नसकेको आरोप लगाए । कार्यपालिका सदस्य विजयकुमार मण्डलले करारका कर्मचारीले अहिलेसम्म तलब नपाएको बताए ।  नगर प्रमुख साहले स्थानीय तहमा बहुमत र अल्पमतको विवाद ल्याउन नहुने बताए ।