close

नमोबुद्ध नपाले तामाङ लिपी बनाउने

नमोबुद्ध नपाले तामाङ लिपी बनाउने

Trulli
ADVERTISEMENT

काभ्रे । नमोबुद्ध नगरपालिकाले तामाङ भाषा संरक्षण गर्नको लागि 'तामयिग लिपी' प्रकाशन भएको छ । 

तामाङ जातिको बाहुल्यता रहेको नमोबुद्ध नगरपालिकामा यसको संरक्षणका लागि लिपी बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

हाल वडाध्यक्ष र भाषाविज्ञसँग लिपी कसरी बनाउने भन्ने विषयमा छलफल भइरहको नगरप्रमुख कुन्साङ लामाले पालिका खबरसँग भने । 

भाषा आयोगले जनजातिको बाहुल्यता भएको क्षेत्रमा उनीहरूले बोल्ने भाषाको लिपी तयार गर्न स्थानीय तहलाई भनेको छ ।  त्यही अनुसार लिपी तयार गर्ने नीति तथा कार्यक्रम ल्याइएको नमोबुद्ध नगरपालिकाका शिक्षा शाखा प्रमुख बुद्धिराज अर्यालले भने ।