close

अन्नपूर्ण पालिका-१ मा अन्न र श्रमको मूल्य निर्धारण  ​​​​​​​

अन्नपूर्ण पालिका-१ मा अन्न र श्रमको मूल्य निर्धारण  ​​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा बालीको मूल्य र कामदारको ज्याला निर्धारण गरिएको छ ।

वडा भेलामार्फत् खाद्यान्न बाली, तरकारी, दलहन र विभिन्न काम गर्ने कामदारको ज्याला निर्धारण गरिएको वडासचिव मनकुमार गर्बुजाले जानकारी दिए ।  उनका अनुसार वडा भेलाले मूल्य र ज्यालासमेत निर्धारण गरिएको छ । 

बालीको मूल्य र कामदारको ज्यालामा एकपता कायम गर्न भेलामार्फत निर्धारण गरिएको हो । हरेक वर्ष गाउँका अगुवाको भेला गरेर मूल्य र ज्याला निर्धारण गर्ने गरिएको छ ।

केको मूल्य कति ?

कोदो दुई सय ५०, मकै  एक सय ७०, फापर  तीन सय, सिमी तथा अन्य गेडागुडी सात सय, भटमास  ६ सय, आलु  एक सय ८० प्रतिपाथीका दरले मूल्य निर्धारण गरिएको छ ।

दूध, दही, मोही, भैँसी र गाईको घ्यू, घर–भिर मह, रक्सी र जाँडको पनि मूल्य तोकिएको छ । यसैगरी बाउसे, दाउरा काट्ने र बोक्नेलाई सात सय, डकर्मी सात सय ५०, सिकर्मी नौ सय, गो हलीसहित सबै एक हजार ५००, प्लास्टर तथा ढलान आठ सय प्रतिव्यक्ति, प्रतिदिन खाजासहितको ज्याला कायम गरिएको छ । 

यसैगरी मेसिनमार्फत‍‍् दाउरा र घाँस काट्ने सात सय, मिनीट्रिलरमार्फत खेत जोत्ने सात सय ५० प्रतिघण्टा, मेसिनमार्फत काठ काटेको १८, जङ्गे आरामार्फत ६ फुटसम्म काठ काटेको २१ र ६ फुटभन्दा बढी काठ काटेको प्रतिइन्च २४ मूल्य तोकिएको वडा कार्यालयले सोमबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

करिब तीन सय घरधुरीको बसोबास रहेको दोवामा हरेक वर्ष गाउँसभा बस्ने गर्छ । महिला र पुषलाई विभेद नगरी ज्याला निर्धारण गरिएको वडाध्यक्ष दिलीप गर्बुजाले बताए ।