close

अदालतलाई बालेनको पत्र : नक्सा पासको विवरण पठाऊ नत्र कारबाही हुन्छ

अदालतलाई बालेनको पत्र : नक्सा पासको विवरण पठाऊ नत्र कारबाही हुन्छ

Trulli
ADVERTISEMENT

काठमाडौं । जिल्ला अदालत काठमाडौंलाई काठमाडौं महानगरपालिकाले पत्राचार गरेको छ । काठमाडौं महानगरपालिकाले नक्सा पास भएको विवरण पठाउनका लागि जिल्ला अदालतलाई पत्र लेखेको हो । महानगरपालिकाले अदालतको भवनको नक्सा पास नभेटिएको जनाउँदै  प्रमाण पठाउन निर्देशन दिएको हो । 

महानगरपालिकाको अभिलेखमा जिल्ला अदालतको भवनको नक्सा पास सम्बन्धमा कुनै पनि कागाजात नभेटेपछि अदालतलाई पत्र काट्दै विवरण पठाउन भनेको हो । नक्सा पास नभएको पाइए कानुनी रुपमा अगाडि बढ्ने महानगरपालिकाले जनाएको छ ।

बुधबार न्युरोडमा अनधिकृत रुपमा निर्माण गरिएको स‌‌रचना हटाउने क्रममा मेयर बालेन्द्र शाहले अदालतको भवनको पनि नक्सा पास भएको नभेटिएकाले पत्र काटेको जानकारी दिएका थिए ।