close

जुम्लामा एक हजार ९२९ मतदाता थपिए

जुम्लामा एक हजार ९२९ मतदाता थपिए

Trulli
ADVERTISEMENT

जुम्ला । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारीमा निर्वाचन कार्यालय जुम्ला जुटेको छ । सरकारले आगामी निर्वाचनको मिति तय गरेपछि निर्वाचन कार्यालयले तयारीमा जुटेको निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए ।  

निर्वाचनका लागि  जिल्लामा एक हजार ९२७ मात्र नयाँ मतदाता थपिएका छन् ।  आयोगले असारबाट सुरु गरेको मतदाता नामावली सङ्कलनअन्तर्गत जिल्ला प्रशासन कार्यालय जुम्लाबाट ८८४, इलाका प्रशासन कार्यालय सिञ्जा नराकोटबाट चार सय ९० र जिल्ला निर्वाचन कार्यालयबाट पाँच सय २६ र बाहिरी जिल्लाबाट २७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर धनबहादुर रावलले जानकारी दिए । 

गत स्थानीय तहको निर्वाचनमा जिल्लाबाट ६७ हजार ७४४ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।