काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले (शनिबार बिहान) लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । देशका बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही गण्डकी, प्रदेश १ र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको भइरहेको छ ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ । प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
आज राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
त्यस्तै आज राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।