close

शनिबार पनि चल्यो महानगरको डोजर

शनिबार पनि चल्यो महानगरको डोजर

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले  अनधिकृत रुपमा प्रयोग भइरहेका घर-टहरा भत्काउने अभियानलाई शनिबार पनि निरन्तरता दिएको छ ।

शनिबार वनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा महानगरले भत्काएको हो । महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गामा रहेको,  स्वीकृत नलिई बनाइएको घर टहरा आज बिहानबाट भत्काउन सुरु गरिएको हो ।

महानगरपालिकाका अनुसार वनस्थलीबाट ढुङ्गेधारा जाने बाटोमा रहएको अनधिकृत ७ वटा टहरा भत्काइएको छ ।