close

आजको मौसम : लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा

आजको मौसम : लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा

Trulli
ADVERTISEMENT

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले (सोमबार बिहान) देशै भरी आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका  केही स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।  प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।