close

चितुवाको आक्रमणबाट तनहुँमा आमा छोरा घाइते

चितुवाको आक्रमणबाट तनहुँमा आमा छोरा घाइते

Trulli
ADVERTISEMENT

काठमाडौं । चितुवाको आक्रमणबाट तनहुँमा आमा छोरा घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास नगरपालिका–११ पातीघारीका ४९ वर्षीय दीलमाया गुरुङ र उनका नौ वर्षीय छोरा शंकर गुरुङ घाइते भएका छन् । 

गएराति घरभित्र कोठामा आमाछोरा विस्तारामा सुतिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

‘नयाँ बन्दै गरेको आफ्नै घरमा आमाछोरा एउटै कोठामा सुतिरहेका रहेछन् । त्यतिकैमा चितुवा कोठामा छिरेर सुतिरहेको छोरालाई आक्रमण गरेछ । थाहा पाएर लखेट्न खोज्दा उनलाई पनि आक्रमण गरेको हो,’ जिल्ला जिल्ला प्रहरी कार्यालयले भन्यो । 

पछिल्लो समय तनहुँमा चितुवा आतंक बढ्दै गएको छ ।