close

यस्तो छ आजको मौसम

Trulli
ADVERTISEMENT

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थान भन्दा केही उत्तर तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले (मंगरबार बिहान) देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका केही स्थानमा र अन्य भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कर्णाली र सुदूर-पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।

प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।