close

महँगा गहना लगाएर पशुपतिनाथ मन्दिर नजान प्रहरीको अनुरोध

महँगा गहना लगाएर पशुपतिनाथ मन्दिर नजान प्रहरीको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । हिन्दु नेपाली महिलाहरूको पर्व हरितालिका तीज हर्षोल्लासका साथ मनाउने क्रम जारी छ ।

शिव पार्वतीको पूजा गरेमा सौभाग्य मिल्ने विश्वासका साथ महिला दिदीबहिनीहरू पूजाआजका लागि  देशका विभिन्न धार्मिक पीठमा पुगेका छन् । यस्तै, पशुपतिनाथमा भन्दिरमा भक्तजनको  बाक्लो उपस्थिति छ । 

उपस्थित भक्तजनको सुरक्षाका लागि जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहरा र एसपी दिनेशराज मैनाली सहितको टोली पशुपति क्षेत्रमा खटिएका छन् ।

पशुपति क्षेत्रको सुरक्षामा २४ सय प्रहरी परिचालन गरिएको छ । पुरुष प्रहरी १४ सय र महिला प्रहरी १ हजार जना परिचालन गरिएको छ । भक्तजनको सुरक्षाका लागी एक सिफ्टमा १२ सय प्रहरी खटिन्छन् । 

पशुपति दर्शन गर्न जानेहरूलाई महंगो मोबाइल नबोक्न र गहना लगाएर नजान प्रहरीले अनुरोध गरेको छ । पाकेटमारी र लुटपाट हुनबाट सक्ने हुनाले भक्तजनलाई सजग रहन अनुरोध गरिएको प्रहरीले जनाएको छ ।