close

यस्तो छ आजको मौसम

Trulli
ADVERTISEMENT

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले (बुधबार बिहान) देशभर सामान्य देखि पूर्णतया बदली रही गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

त्यस्तै प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।  

प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।