close

पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा २ प्रहरीको मृत्यु

पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा २ प्रहरीको मृत्यु

Trulli
ADVERTISEMENT

सुनसरी । कोसी गाउँपालिका १ मा आज शनिबार पिकअप भ्यानले माेटरसाइकललाई ठक्कर दिँदा दुई प्रहरीको ज्यान गएको छ । ज्यान गुमाउनेमा सप्तरीकाे सप्तकोसी नगरपालिका ३ का प्रहरी हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी सहायक हवल्दार प्रकाश गोजेवार रहेका छन् । 

सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६० प ४४९२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को २ च २६४९ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा चढेका दुवै जनाको ज्यान गएको हो । ठक्करबाट चौधरीको घटनास्थलमा र गोजेवारको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा ज्यान गएकाे प्रहरीले जनाएको छ ।

चौधरी श्रम तथा रोजगार मन्त्रालय प्रदेश नं १ मा कार्यरत थिए भने गोजेवार मोरङको धनपतिमा कार्यरत थिए । दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।