close

मेयरको सक्रियताका कारण बहरबा-लालबकैया खोलामा पुल बन्दै

मेयरको सक्रियताका कारण बहरबा-लालबकैया खोलामा पुल बन्दै

Trulli
ADVERTISEMENT

गौर । रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहले चुनावी घरदैलो क्रममा आफूले जिते तीन महिनाभित्र टिकुलियास्थित लालबकैया नदीमा झोलुङ्गे पुल निर्माण  गर्ने भनी प्रतिबद्धता जनाए ।

सो क्रममा उनले उक्त कुरा रेकर्ड गरेर राख्न आग्रह गरे । उनको प्रतिबद्धतालाई स्थानीयले  रेकर्ड गरेर सामाजिक सञ्जालमा अपलोड पनि गरे ।

उनको प्रतिबद्धता देखेर जनताले उनलाई मत दिए । उनी  विजयी पनि भए । तर, जनताले मेयर साहका बाचा बिर्सिएनन् । उनीहरूले मेयर साहालाई झक्झक्याइरहे । 

मेयर शम्भु साह तीन महिनामै गौर टिकुलियाको लालबकैयामा झोलुङ्गे पुल निर्माणका लागि गौर नगरपालिकाले विभिन्न दातृ निकायलाई गुहार्न पुगे । उनको सो प्रस्ताव अस्वीकार्य हुँदै गयो  ।

तर, स्थानीयले विस्तारै प्रतिद्वन्दीहरुले मेयर चुनावमा भोट लिएर ठगी गरेको आरोप लगाउन थाले । त्यति मात्रै नभएर मेयरले जनतालाई  झुक्याएर भोट लिए तथा प्रतिबद्ता पूरा गरेनन् भनेर व्यंग्य कस्नेको ताती नै लाग्न थाल्यो । 

जसका कारण मेयर साह निकै गम्भीर बने ।प्रतिबद्धता पूरा नहुने देखिएपछि केही  निराश बने । तर हतोत्साहित भएनन्। 

उपभोक्ता समितिको भ्रष्टाचार र लापरबाहीका कारण  गौर नगरपालिकाका पूर्वमेयर अजय गुप्ताकै पालामा झोलुङ्गे पुल निर्माणका लागि दातृ निकाय  हेल्वेटासले नगरपालिकालाई नै  कालोसूचीमा पारेको रहेको छ।

त्यो सूचीबाट नहटेसम्म कुनै स्थानमा कुनै झोलुङ्गे पुल निर्माण नहुने भएको रहेछ।

गौर नगरपालिकाले २०७६ साल असार २५ गतेभित्र कार्य सम्पन्न गर्ने गरी झोलुङ्गे पुल निर्माणका लागि ६१ लाख ७९ हजार ३ सय ५४ रुपैयाँको कार्यादेश २०७६जेठ १४ गते स्थानीय शशीकुमार यादवलाई  दिएको थियो ।

तर, शशीकुमार यादव अध्यक्ष, श्रीमती कुमिन्त्रा देवी महतो कोषाध्यक्ष ,रामनाथ यादव सचिव भई गठित उपभोक्ता समितिले विभिन्न मितिमा ३५ लाख पेस्की झिकेका थिए।

पेस्की झिकेपश्चात् पुल निर्माण नगरी आर्थिक अनियमितता गरेको भन्दै दातृ निकाय  हेल्वेटासले गौर नगरपालिकालाई कालोसूचीमा राखेको रहस्य खुल्यो।

जित्न त जिते पछि आफू जितेको नगरपालिका नै पूर्वमेयरको पालामा कालोसूचीमा परे भन्दै मेयर साहले आफूले झोलुङ्गे पुल बनाउने  गरेको प्रतिबद्धता पूरा गर्न थोरै समय लाग्ने  बताए । 

कालोसूचीबाट नहटेसम्म कुनै स्थानमा झोलुङ्गे पुल निर्माणका लागि अनुदान उपलब्ध नगराउने हेल्वेटासको अडान थियो। तर, शम्भु साहले पेस्की रकम नलिएर काम नगरेका उपभोक्ता समितिलाई कानुनबमोजिम रकम दाखिला गर्न निर्देशन दिए ।

साथसाथै उनले कालोसूचीमा रहेको सो कम्पनीलाई सहजताका लागि कार्य अघि बढाए । अन्तत: कम्पनीलाई कालोसूचीबाट हटाए । 

मेयर साहले भने, ‘पूर्वमेयरले गरेको गल्तीको कारण हामी सास्ती खेप्यौँ।अब खुशी छु ,मेहिनेतले गर्दा विभिन्न बाधा हटेको छ,फलस्वरूप थप पुल निर्माणका लागि हेल्वेटासले सहयोग उपलब्ध गराउने भएको छ ।’ उनले अनियमितता गरेकालाई लिएको पेस्की रकम दाखिला गराएर झोलुंगे पुल निर्माण गर्ने बताएका छन् । 

योसँगै अलपत्र रहेको गौर ५ स्थित बरहवा तालमा  झुलुंगे पुल निर्माणका लागि  टेन्डर आह्वान गरिएको छ। योसँगै रौतहटको गौर नगरपालिकाको टिकुलियाको सोबर्नामाई मन्दिर र बानेश्वर मन्दिरस्थित लालबकैया पुलमा झोलुंगे पुल बन्ने बाटो खुलेको छ ।