close

दूधौली नगरपालिकामा आज शोक बिदा

दूधौली नगरपालिकामा आज शोक बिदा

Trulli
ADVERTISEMENT

सिन्धुली । आज दूधौली नगरपालिकाले पालिकाका सबै कमर्चारीलाई बिदा दिएको छ ।

नगरपालिका-६ मा सरसफाइ सहजकर्ताको रुपमा कार्यरत ३९ वर्षीया गंगाकुमारी धामीङ्को निधन भएको भन्दै नगरपालिकाले शोक बिदा दिएको हो । 

वडाको काम र आकस्मिक स्वास्थ्य सेवाबाहेक सबै कार्यालयको काम बन्द हुने नगरपालिकाले जनाएको छ ।  धामीको निधन सोमबार भएको थियो ।