close

आज बाणगङ्गा नगरपालिकामा शोक बिदा

आज बाणगङ्गा नगरपालिकामा शोक बिदा

Trulli
ADVERTISEMENT

कपिलवस्तु । बाणगङ्गा नगरपालिकाले आईतबार शोक बिदा दिएको छ । बाणगङ्गा नगरपालिकाकी कार्यपालिका सदस्य दामु घर्तीको शनिबार निधन भएपछि आज शोकमा बिदा गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले कार्यालय, वडा कार्यालय, नगर भित्रका सरकारी तथा निजी विद्यालय, स्वास्थ्य कार्यालय,कृषि तथा पशु कार्यालय बन्द गर्ने निर्णय भएको नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले पालिका खबरलाई बताए । 

उनका अनुसार आज एम्बुलेन्स, दमकल र अत्यावश्यक सेवाबाहेक सबै बन्द हुनेछ । नगरपालिको वडा नम्बर १० की वडा सदस्य दामु घर्तीको ४२ वर्षको उमेरमा क्यान्सरका कारण उपचारका क्रममा मृत्यु भएको हो ।