close

शताब्दी पुरुष जोशीलाई डेंगु सङ्क्रमण

शताब्दी पुरुष जोशीलाई डेंगु सङ्क्रमण

Trulli
ADVERTISEMENT

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण पुष्टि भएको छ । शुक्रबार अस्पताल भर्ना भएका जानकारी दिँदै किष्ट अस्पतालले स्वास्थ्य परीक्षणमा डेंगु संक्रमण पुष्टि भएको जनाएको छ । 

१०२ वर्षका जोशीमा पिसाब संक्रमणका साथै  छाती तथा मुटुको समस्या पनि पहिल्यैदेखि रहेको अस्पतालले जनाएको छ ।

अस्पतालको डिलक्स क्याबिनमा उपचार गराइरहेका उनको अवस्था चिन्ताजनक देखिए पनि डराइहाल्नुपर्ने अवस्था नरहेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।