close

आठबिसकोट नगरपालिका मालपोतको शाखा विस्तार

आठबिसकोट नगरपालिका मालपोतको शाखा विस्तार

Trulli
ADVERTISEMENT

रुकुम । जिल्लाको आठबिसकोट नगरपालिकामा नापी तथा मालपोत कार्यालय स्थापना भएको  छ । आइतबार एक कार्यक्रमका विच पालिकाको केन्द्र वडा नम्वर-९ बगरमा नापी तथा मालपोत कार्यालय स्थापना गरिएको हो ।

आइतबार कर्णाली प्रदेशका  जलस्रोत  तथा उर्जा विकास मन्त्री रातो कामीले दुवै कार्यालयको उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा बोल्दै,  प्रदेश मन्त्री कामीले अब दुर्गम ठाउँका नागरिकलाई सहज भएको बताए । जिल्ला सदरमुकाम देखि निकै टाढा रहेका नागरिकले अब पालिकाबाट नै सेवा पाउने  उनले बताए । 

आठविसकोट नगरपालिका र बाँफीकोट गाउँपालिकाका जनतालाई सेवा दिनका लागि आठबिसकोटमा उक्त कार्यालय स्थापना गरिएको हो ।

जिल्लाको पश्चिमी भेगमा नापी तथा मालपोत कार्यालय स्थापना हुनु भनेको नमुना एवं उदाहरणीय काम रहेको आठबिसकोट नगरपालिकाका नगरप्रमुख रवि केसीले बताए। स्थानीयस्तरबाटै जग्गासम्बन्धी हरेक कामकाज गराउन पाउने भएपछि पालिकाका स्थानियहरू हर्षित भएका छन् ।