close

दशैँमा पनि नाम्खा र सिमकोटका कर्मचारीले पाएनन् तलब

दशैँमा पनि नाम्खा र सिमकोटका कर्मचारीले पाएनन् तलब

Trulli
ADVERTISEMENT

हुम्ला । बडादशैँमा पनि नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका कर्मचारीले तलब भत्ता पाएका छैनन् । सङ्घ तथा प्रदेशबाट रकम निकासा नभएकाले उक्त दुई गाउँपालिकाका कर्मचारीले दशैँमा समेत तलब नपाएका हुन् । 

दुई गाउँपालिकाका कर्मचारीले तलब नपाएपछि समस्या भएको छ । नाम्खाका ३०० कर्मचारी र  ८५ शिक्षकले समेत दशैँको भत्ता खान नपाएर विभिन्न प्रदेश तथा जिल्लाका कर्मचारी अलपत्र परेको उनीहरूको गुनासो छ । 

सिमकोटमा पनि कर्मचारी तथा शिक्षकले पनि साउनदेखि असोजसम्मको तलबभत्ता नखाँदा अलपत्र परेका छन् ।