close

४ महिनापछि खुल्यो बेनी–भकिम्ली सडक

४ महिनापछि खुल्यो बेनी–भकिम्ली सडक

Trulli
ADVERTISEMENT

म्याग्दी । गत जेठ अन्तिम सातादेखि पहिराका कारण अवरुद्ध बनेको बेनी–भकिम्ली सडक चार महिनापछि पूर्णरुपमा सञ्चालनमा आएको छ ।

म्याग्दीको बेनीनगरपालिका–३ भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिराका कारण अवरुद्ध बेनी–भकिम्ली सडक चार महिनापछि शुक्रबारदेखि सञ्चालनमा आएको हो । यसअघि सामान्य मर्मत गरिए पनि सडक नियमित सञ्चालनमा आउन सकेको थिएन ।

सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौडा–डाँडाखानी हुँदै भकिम्ली जोड्ने सडकखण्डअन्तर्गत हलेगौडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारी भन्ने स्थानमा पहिराले सडक बगाएपछि भकिम्लीका बासिन्दा आवतजावत गर्ने सडक यातायातबाट विच्छेद भएको थियो ।

एक वर्ष अगाडि ढलान गरेकोसहित डेढ किलोमिटर सडक पहिरोसँगै बगेपछि उक्त मार्गमा नियमित जसो अवरुद्ध हुन थालेपछि वैकल्पिक मार्गको सर्भे भएको थियो । यो सडक विस्तार, स्तरोन्नतिमा स्थानीयको श्रमदान रहेको छ ।