close

‘भारतले सबैभन्दा धेरै २०३४ सालमा सीमा मिचेको'

‘भारतले सबैभन्दा धेरै २०३४ सालमा सीमा मिचेको'

Trulli
ADVERTISEMENT

नवलपरासी । सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले भारतसँग सिमाना जोडिएको पालिका भएकाले आफ्नो पालिकामा सीमा सुरक्षाका लागि सुरक्षा निकायसँग समन्वय गरेर अघि बढेको बताएका छन् ।

सुस्ताका धेरै जग्गा ०३४ सालमा भारतले अतिक्रमण गरेको बताउँदै उनले सुरक्षा निकायलाई बलियो बनाएर जग्गाको संरक्षण गर्दै आएको बताए । ‘भारतसँग सिमाना जोडिएकाले हामीसँग सीमा सुरक्षाबारे थप जिम्मेवारी छ,’उनले भने ।  
सुस्ता भारतले सबैभन्दा बढी सीमा मिचेको स्थान हो । 

फरक प्रसंगमा उनले पशुलाई सुत्केरी भत्ताको व्यवस्था र पशुहरूको पौष्टिक आहार र गोठ सुधार कार्यक्रमका लागि रकमको व्यवस्था गरेको बताए । 

सय दिनको कामलाई उपलब्धिका रूपमा लिएको बताउँदै उनले सिँचाइ र स्वास्थ्यमा पनि परिवर्तन गर्ने योजना अघि सारेको जानकारी दिए । आफूले जनताको आँखामा छारो हाल्ने गरी भन्दा पनि आमूल परिवर्तन गर्नेगरी काम अघि बढाएको उनले बताए । 

‘सरकारले दिएको बाहेक अरु औषधिका लागि आवश्यक बजेट विनियोज गरेका छौँ । कृषिका लागि माटो परीक्षण गर्नेछौँ । पशु व्यवसायको उत्थानका लागि आवश्यक बजेट विनियोजन गरेका छौँ । विज्ञहरूसँग आवश्यक सल्लाह गरी खरिद पक्रिया पनि सुरु हुनेछ,’ उनले भने, ‘पालिकाको मुहार फेर्नेगरी काम अघि बढ्छ ।’