close

चीनले दियो चुमनुव्री गाउँपालिकालाई एक्स्काभेटर

चीनले दियो चुमनुव्री गाउँपालिकालाई एक्स्काभेटर

Trulli
ADVERTISEMENT

गोरखा । चुमनुव्री गाउँपालिकालाई चीन सरकारले एक्स्काभेटर उपलब्ध गराएको छ । चीनबाट सहयोगस्वरुप  प्राप्त एक्स्काभेटर रसुवागढी नाका हुँदै गोरखा आइपुगेको गाउँपालिकाले जनाएको छ । 

संचालन व्यवस्थापनको योजना बनाएर एक्स्काभेटर सडक विस्तारमा प्रयोग गर्ने गाउँपालिकाको योजना छ । कोभिडअघि नै एक्स्काभेटर दिने निर्णय भइसके पनि कोरोनाकैङ कारण ढिला आएको गाउँपालिकाले जनाएको छ । 

अहिले गोरखा बजार आइपुगेको एक्स्काभेटर तिहारपछि गाउँपालिका लैजाने बताइएको छ ।