close

कैलालीका किसानले मोबाइलमै पाए वर्षाको पूर्वसूचना

कैलालीका किसानले मोबाइलमै पाए वर्षाको पूर्वसूचना

Trulli
ADVERTISEMENT

काठमाडौं । कैलालीका किसानलाई दशैँ मनाउनेभन्दा पाकेको धान खेतीको चिन्ता बढेको छ । वर्षा हुने सम्भावना भएकाले सतर्कता रहन भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेपछि यहाँका किसान पाकेको धान कसरी जोगाउने भनी चिन्तामा छन् ।

मङ्गलबारदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सतर्कता अपनाउन आग्रह गरेको छ । टिकापुर–५ का किसान कृष्णा रावतले पनि मौसमकै सूचनाअनुसार धान काट्नु पाएका छैनन् ।

यतिखेर खेतीपाती गर्ने किसान दशैँ मनाउनेभन्दा पनि खेतीपातीमा ध्यान गएको बताउँछन् । जोशीपुरका शिव चौधरीको परिवार यतिखेर वर्षा हुने सूचना पाएपछि रातदिन गरेर धान काट्न थालेको छ । “धान काटेर खेतमै दाउन थालेका छौँ”, उनले भने, “पाकेको धान नोक्सान भए वर्षभरि के खाउला ?, दशैँ त अर्को वर्ष मनाए पनि हुन्छ भनेर खेतमा पसेका छौँ "

वर्षाको सम्भावनाबारे स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रले किसानका मोबाइलमा म्यासेज, सामाजिक सञ्जालमा सूचना, बडघरलाई टेलिफोन गरेर सूचना समयमै पुगाउने गरेका छन् । 

यसरी समयमै सूचना गर्दा विपद‍्बाट हुनसक्ने क्षति कम गर्न सहयोग पुग्ने गरेको टीकापुर नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी बताउछिन् ।